लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
मङ्गलबार, २३ वैशाख २०८२, १५ : २४

काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा परियारलाई गायक सुदीप अधिकारीले साथ दिएका छन् ।
गीतमा शब्द तथा सङ्गीत सुदीप अधिकारीको रहेको छ । कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा कुमार राना मगरले मिक्सिङ गरेका छन् । गीत खुमन राना र सुमन रानाले रेकर्डिङ गरेका हुन् ।
गाउँले परिवेशमा ग्रामीण जनजीवन समेटिएको गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबिच बसेको प्रेम भिडियोमा देखाउन खोजिएको छ ।
सुदीप बरालको छायाङ्कन रहेको गीतको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।