मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग संवाद गरेका छन् । उनले भर्चुअल माध्यमबाट मनसुनजन्य विपद् र आगलागीका घटना, पुनर्निर्माण, पुनर्स्थापना तथा प्रबलीकरणका विषयमा संवाद गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।
मुख्यमन्त्री कँडेलले जिल्लागत वस्तुस्थितिबारे जानकारी लिँदै प्रदेश सरकारबाट गर्नुपर्ने व्यवस्थापनका विषयमा समेत छलफल गरे ।
उनले विपद्पीडितका लागि प्रदेश सरकारले बेहोर्ने ३० प्रतिशत रकम तत्काल व्यवस्था गरिने बताए । वि.सं. २०७७ देखि हालसम्म सम्झौता गरेका पीडितलाई स्थानीय तहले २० प्रतिशत, सङ्घ सरकारले ५० प्रतिशत र प्रदेश सरकारले ३० प्रतिशत व्यहोर्ने व्यवस्था छ ।
मुख्यमन्त्री कँडेलले सम्झौता भइसकेका लाभग्राहीहरूको विवरण र प्रदेश सरकारले बेहोर्नुपर्ने रकम यथाशीघ्र माग गरेर पठाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिए ।
प्रदेश सरकारले चार वर्षदेखि आफ्नो दायित्वको रकम पीडितलाई उपलब्ध नगराएका कारण यसै आर्थिक वर्षमा दिने व्यवस्थाका लागि सम्झौता विवरण माग गरिएको जनाइएको छ ।
कर्णालीमा करिब ८०० जना पीडितलाई रु ११ करोड भुक्तानी गर्नुपर्ने प्रमुख स्वकीय सचिव गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म