आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सविरुद्ध डीएल पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो ।
वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।
गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे । शेरफन रुथरफोर्डले २८ रन जोडे । अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् ।
मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए ।
मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक रन बनाए । उनले ३५ बलमा ५३ रन जोडे । यस क्रममा उनले ५ चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, सूर्यकुमार यादवले २४ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका प्रहार गरे । योसँगै उनी ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा पुगेका छन् । उनले १२ खेलमा ५१० रन जोडेका छन् ।
खेलमा मुम्बईले निकै खराब सुरुवात गरेको थियो । पहिलो ओभरमा नै रायन रिकेल्टन २ रन बनाएर आउट भएका थिए । त्यसपछि रोहित शर्मा पनि ७ रन बनाएर पभेलियन फर्किए । त्यसपछि यादव र ज्याक्स मिलेर ४३ बलमा ७१ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
उनीहरुपछि मुम्बईले एकपछि अर्को विकेट गुमायो । तिलक वर्माले ७ रन, कप्तान हार्दिक पाण्ड्याले १ रन तथा नमन धीरले ७ रनमात्र जोडेर आउट हुन पुगे ।
खेलको अन्त्यतिर कोर्बिन बोस्चले २२ बलमा २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले १ चौका र २ छक्का हिर्काएका थिए ।
जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
-
‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग