शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

मङ्गलबार, २३ वैशाख २०८२, १३ : २१
मङ्गलबार, २३ वैशाख २०८२

धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। 

यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ । 

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थितिले अझ भव्य बनायो । पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारे ।

पञ्चकन्या बाथवेयरका सेल्स हेड श्री बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप