जीतपुर सिमराले सार्वजनिक बिदाका दिन कार्यालय खोल्ने
बारा । जीतपुरसिमरा उपमहानगरले शनिवार बाहेकका सार्वजनिक बिदाका दिन समेत कार्यालय सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकले अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा शनिवार बाहेकका सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
उपमहानगरले बुद्ध जयन्ती, गणतन्त्र दिवस, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमू ल्होसार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद (इद उल फित्र) र बकर इदको दिन सेवा प्रवाह गर्ने जनाएको छ ।
जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक सूचनालाई उपमहानगरले कार्यान्वयन गरेको बताए ।
गृह मन्त्रालयले २०८२ वैशाखदेखि २०८२ चैत मसान्तसम्म संघीय सरकार मातहतका पञ्जीकरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न २०८१ फागुन १५ गते राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा उपमहानगरले वडा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण