बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
मकवानपुर । बागमती प्रदेश सरकारले पर्यटन विकास आयोजना सहितका कार्यालय खारेज गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २ वटा पर्यटन विकास आयोजना र २ वटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौंडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौँ खारेज गर्ने निर्णय गरेको हो । बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौँ र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो ।
अस्थायी संरचनाको रूपमा रहेका ती कार्यालय खारेज गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्री लामिछानेका अनुसार उक्त मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै ती कार्यालय खारेज गर्ने निर्णय भएको हो । बैठकले ती कार्यालयहरूको विकल्पमा स्थायी संरचनाको रूपमा पर्यटन कार्यालयहरू स्थापना गरेको छ ।
बैठकले प्रदेश राजधानी हेटौंडामा मन्त्रालय र एक कार्यालय रहने व्यवस्था गरेको छ भने अन्य ४ जिल्लामा कार्यालय राख्ने निर्णय गरेको हो । बैठकले हेटौंडासहित नुवाकोट, दोलखा, चितवन र काठमाडौँमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ ।
बैठकले प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको छ । यसअघि २ वटा आयोजनामा प्राविधिकतर्फका इन्जिनियर वा वन अधिकृत प्रमुख रहने व्यवस्था थियो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौँ÷अधिकृत छैटौँ)लाई प्रशासनिक कर्मचारीको रूपमा प्रयोग गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण