पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
काठमाडौँ । पाकिस्तानले भारतीय हवाइ आक्रमणबाट तीन स्थानहरू प्रभावित भएको बताएको छ । पाकिस्तानी सैन्य जनसम्पर्क शाखा, इन्टर-सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी समाचार च्यानल जियो टिभीलाई यसबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
उनका अनुसार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहवलपुर प्रभावित बनेको हो ।
समाचारअनुसार पाकिस्तान प्रशासित कश्मीरको मुझफ्फराबाद नजिकैको क्षेत्रमा जोडदार विस्फोटको आवाज सुनिएको छ। घटनाको अडियो समेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाजका विस्फोटहरू स्पष्ट रूपमा सुन्न सकिन्छ।
समाचार संस्था रोयटर्सले पनि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शक्तिशाली विस्फोटहरू सुनिएको पुष्टि गरेको छ। एजेन्सीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुझफ्फराबादमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
भारतीय सेनाले बुधबार राति 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूका ९ स्थानलाई लक्षित गरेर एयर स्ट्राइक गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण