बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय
जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू

जारी छ राजधानीका मुख्य खोलाहरूको सरसफाइ, तस्बिरहरू

मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीका मुख्य खोलाहरूको सरसफाइको काम अघि बढाइरहेको छ । 

श्रम बैंकमा आबद्ध भएका सदस्यहरूलाई परिचालन गरेर महानगरले खोला भित्रै पसेर फोहोर, रूख-बिरुवा, झारपात लगायतका खोलाको बहावमा अवरोध ल्याउने सामाग्री निकालेर व्यवस्थापनको काम गरिरहेको हो । 

खोलाका फोहोर व्यवस्थापन खटिएका कामदारलाई पिपिई, बुट, पन्जा, मास्क लगायतका सुरक्षा सामाग्री दिइएको एक कामदारले बताए । काठमाडौँ महानगर अन्तर्गतको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा अहिले काठमाडौँका प्रमुख खोलाहरू मध्य विष्णुमतीको सरसफाइ चलिरहेको छ ।

river cleaning (1)river cleaning (2)river cleaning (3)river cleaning (4)river cleaning (5)river cleaning (6)river cleaning (7)river cleaning (8)river cleaning (9)river cleaning (10)river cleaning (11)river cleaning (12)river cleaning (13)river cleaning (14)river cleaning (15)river cleaning (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया