एमाले धनुषा अधिवेशनमा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म
मङ्गलबार, २३ वैशाख २०८२, १३ : ५३

धनुषा । नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले तनाव उत्पन्न भएको छ ।
निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एक पक्षीय नेताहरू धर्नामा बसेकोपछि विवाद थप चर्किएको हो । त्यसक्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड गर्नेसम्मको अवस्था आएको प्रतिनिधिहरूले बताएका छन् ।
एमाले सचिव रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने र मतपत्र च्यात्नेलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेको छ । हालका गत वैशाख २० देखि जनकपुरमा जारी अधिवेशनमा भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन