बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । मंगलबार बिहान आएको बाढीले पुल बगाएको हो ।
बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ ।
यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब रु दुई लाख खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो । नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले उक्त पुल बगाएपछि आवागमनमा समस्या भएकोे बताए ।
“बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्”, वडाध्यक्ष यादवले भने, “हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौैं ।”
यहाँ वि.सं. २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी चार सय ६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो ।
पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो ।
आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण