धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो
मङ्गलबार, २३ वैशाख २०८२, ११ : ४४

धनकुटा । धनकुटा नगरपालिका(६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ ।
भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसअघि दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका अन्य ११ जनाको उपचार भइरहेको छ ।
जसमध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमबार बिहान साढे १० बजेतिर दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन
-
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने
-
“स्थानीय तहको न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप बढ्याे”
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट