बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
बुधबार, २४ वैशाख २०८२, ०५ : ४१
काठमाडौं । चर्चित च्याम्पियन्स लिग फुटबलमा इटालीको इन्टर मिलानले स्पेनी हस्ती बार्सिलोनालाई हराउँदै म्युनिखमा हुने फाइनलमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा भएको सेमीफाइनल दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ ले हराउँदा समग्रमा ७-६ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
सान सिरोमा बार्सिलोनाविरुद्ध लुटारो मार्टिनेज, हका चलहानोग्लू, फ्रान्सेस्को एसरबी र डेभिड फ्रेटेसीले गोल गरे । बार्सिलोनाकातर्फबाट एरिक गार्सिया, दानी ओल्मो र राफिन्हाले गोल फर्काए । नाटकीय पुनरागमन गरेको इन्टरले च्याम्पिन्स लिगको सेमीफाइनल रेकर्ड समेत बराबरी गरेको छ ।
इन्टरको फाइनल भिडन्त फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी तथा इंग्लिश क्लब आर्सनलबीचको विजेतासँग हुनेछ । जो बुधबार आमुन्ने–सामुन्ने हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण