ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
गाईघाट । यहाँको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् ।
जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् ।
हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कंदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए ।
हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण