बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने

मङ्गलबार, २३ वैशाख २०८२, १७ : ४१
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ । 

साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिएका छन् । वामपन्थी नेता नेपालको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मङ्गलबार निधन भएको हो । 

नर्भिकको आईसीयू कक्षमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नेपाल सञ्जय थापाका नामबाट समेत परिचित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप