भारत-पाकिस्तान तनाव
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
बुधबार, २४ वैशाख २०८२, ०३ : ४४
काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई 'दुःखद' भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ, हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।'
उनको यो टिप्पणी भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो । पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले बुधबार राति पाकिस्तानतर्फ आक्रमण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण