भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक

काठमाडौँ । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो ।
दिउँसो करिब दुई बजेबाट बसिरहेको बैठकमा भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाउने बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।
बैठकमा गृहमन्त्री लेखक, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागी छन् ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर गृहमन्त्रीज्यूको निर्देशनमा भइसकेको छ । अब कसरी अगाडि बढ्ने भन्ने निर्णय बैठकले गर्छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले सीमा नाकामा कडाइ गरिएको जानकारी दिए ।
‘सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ,’ थापाले भने, ‘यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा