बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपना
गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए । सुन्तला खेती हुने यहाँको माटोमा अधिकांश अम्लीयपना भेटियो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लीयपना भेटिएको जनाएको छ ।
जम्मा ७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लीयपना फेला परेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालले बताए । उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिए ।
जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष सात स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ । पाँच स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन् । स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो ।
प्रमुख सिल्वालले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमुना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएकामध्ये १७० नमुनामा अम्लीयपना तथा १३ नमुनामा क्षारीय तत्त्व फेला परेको छ । त्यसैगरी १२६ नमुना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ ।
कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ किसानले ल्याएको माटोको नमुना परीक्षण गरेकामा २८ नमुनामा अम्लीयपना र १५ मा तटस्थ देखिएको छ । बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमुना परीक्षण गरेकोमा १३ क्षारीय, १ अम्लीयपना र ४४ तटस्थ देखिएको छ ।
ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमुना परीक्षण गरिएकामा ५१ माटोको नमुनामा अम्लीयपना र २४ मा तटस्थ देखिएको छ भने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमुना परीक्षण गरेकोमा २१ वटामा अम्लीयपना र ३७ वटामा तटस्थ फेला परेको छ ।
‘असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लीयपना बढी भएको पाइएको छ’, केन्द्र प्रमुख सिलवालले भने, ‘क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ ।’
अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्द्रका अधिकृत जमुना भण्डारीले बताइन् । उनले युरियाको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रँदो भएकाले नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण