एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
काठमाडौँ । एसियाली युथ बक्सिङ प्रतियोगितामा नेपालका सात जना खेलाडीले सहभागी हुने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सात खेलाडी प्रतियोगिताका लागि छनोट भएका हुन् ।
एसियाली युथ बक्सिङ प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्वोमा वैशाख २९ देखि जेठ जेठ १० गतेसम्म आयोजना हुनेछ । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार सफलताको शुभकामनासहित विदाइ गरे ।
प्रतियोगितामा २८ देशका दुई सय ७० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा भाग लिन नेपाली खेलाडी र पदाधिकारी वैशाख २७ गते कोलम्वो प्रस्थान गर्ने जानकारी नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले दिए ।
प्रतियोगिताको ५२ केजी तौलसमूहमा रोशनी घलान, ६० केजीमा नारिका राई र ८१ केजीभन्दा माथि त्रिशा जबेगुले भिडन्त गर्नेछन् । ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंहवीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्री/जजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण