एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने

काठमाडौँ । एसियाली युथ बक्सिङ प्रतियोगितामा नेपालका सात जना खेलाडीले सहभागी हुने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सात खेलाडी प्रतियोगिताका लागि छनोट भएका हुन् ।
एसियाली युथ बक्सिङ प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्वोमा वैशाख २९ देखि जेठ जेठ १० गतेसम्म आयोजना हुनेछ । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार सफलताको शुभकामनासहित विदाइ गरे ।
प्रतियोगितामा २८ देशका दुई सय ७० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा भाग लिन नेपाली खेलाडी र पदाधिकारी वैशाख २७ गते कोलम्वो प्रस्थान गर्ने जानकारी नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले दिए ।
प्रतियोगिताको ५२ केजी तौलसमूहमा रोशनी घलान, ६० केजीमा नारिका राई र ८१ केजीभन्दा माथि त्रिशा जबेगुले भिडन्त गर्नेछन् । ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंहवीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्री/जजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन