भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
काठमाडौँ । भारत र पाकिस्तानबिच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।
भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाको समाधान खोजिनुपर्ने बताएको हो ।
उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेको मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।
साथै नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानलाई कायम राख्दै यो बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको पनि मन्त्रालयले स्मरण गराएको छ ।
‘आतंकवादविरुद्ध लडाईंमा नेपाल सबैको साथमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुरूप कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग दिइने छैन’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण