तीनकुने घटना : रास्वपा सांसद परियारको गाडीमा आगजनी आरोपमा सेनाका पूर्व हवल्दार पक्राउ
काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँस्थित तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर मनमैजु बस्ने मन बहादुर कालामगर छन् । उनी सेनाका पुर्व हवल्दार हुन् । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका थिए ।
बालकुमारी पुल नजिकै उनले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । गाडीमा आगजनी गर्नुअघि उनले तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथी आक्रमण र दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण