तीनकुने घटना : रास्वपा सांसद परियारको गाडीमा आगजनी आरोपमा सेनाका पूर्व हवल्दार पक्राउ

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँस्थित तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ घर भएर मनमैजु बस्ने मन बहादुर कालामगर छन् । उनी सेनाका पुर्व हवल्दार हुन् । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आयोजना गरेको प्रदर्शनमा सहभागी कालामगरले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाएका थिए ।
बालकुमारी पुल नजिकै उनले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । गाडीमा आगजनी गर्नुअघि उनले तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथी आक्रमण र दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर