शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको दाबी भारतद्वारा अस्वीकार

मङ्गलबार, ३० वैशाख २०८२, २० : २४
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे पनि यस अवधिमा व्यापारमा कुनै वार्ता नभएको स्पष्ट पारेका छन् ।

साप्ताहिक मिडिया ब्रिफिङमा जयस्वालले भने, ‘भारत र अमेरिकाका नेताहरूबिच मे ७ देखि मे १० सम्म वार्ता भएको थियो, तर व्यापारमा कुनै छलफल भएन’ भारत र पाकिस्तानबिच चार दिनसम्म चलेको द्वन्द्वपछि  शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थता पछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए । त्यसको केही समयपछि पाकिस्तानले पनि युद्धविरामको बारेमा कुरा गर्‍यो र अमेरिकालाई धन्यवाद दियो । जयस्वालले ट्रम्पको यो दाबीलाई अस्वीकार गर्दै भने, ‘अमेरिकासँग ’पाकिस्तान सैन्य द्वन्द्व रोक्ने’ वा मध्यस्थताको बारेमा कुनै छलफल भएको छैन ।’ 

उनले पाकिस्तान विरुद्ध सैन्य कारबाही रोक्ने बारेमा विस्तृत विवरण दिए ।  उनले भने, ‘मे १० को बिहान, जब भारतले पाकिस्तानका धेरै एयरबेसहरूलाई निशाना बनाएर ध्वस्त पारेको थियो, भारतीय विदेश मन्त्रालयलाई १२ः३७ बजे पाकिस्तान उच्चायोगबाट (यस सम्बन्धमा) अनुरोध प्राप्त भयो । पाकिस्तानका डीजीएमओद्वारा हटलाइनमा सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर प्राविधिक कारणले गर्दा हटलाइनमा समस्याहरू थिए। यसपछि, यी समस्याहरू समाधान भए र ३ः३० बजे दुवै देशका डीजीएमओहरू बिच कुराकानी भयो ।’

जयस्वालले पहलगाम आक्रमण पछि स्थगित गरिएको सिन्धु जल सन्धि पाकिस्तानले ‘आतंकवादलाई समर्थन’ पूर्ण रूपमा बन्द नगरेसम्म निलम्बन रहने पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप