सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी
बिहीबार, ०१ जेठ २०८२, ०८ : २९
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण