सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी
बिहीबार, ०१ जेठ २०८२, ०८ : २९

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
‘राम प्यारी’मा यम र दीपाको रोमान्स
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन
-
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड