रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट छैटौँ पटक कसरी भयो हेर्न नमिल्ने ?
सारांश
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा परेपछि सुनुवाइ स्थगित भयो।
- अधिवक्ता र न्यायाधीशबीचको सम्बन्धका कारण मुद्दा पटक-पटक हेर्न नमिल्ने अवस्था सिर्जना भयो।
- सर्वोच्च अदालतले मुद्दाको सुनुवाइका लागि नयाँ इजलास तोक्ने प्रक्रिया अघि बढायो, जसमा दुई वकिलको नातेदारका कारण समस्या भयो।
काठमाडौँ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेसँगै हेर्न नमिल्ने निश्चित भयो । शर्माले अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा वकालत गरेका थिए ।
निरन्तर पाँचौँ पटक पनि हेर्न नमिल्ने भएपछि आइतबार उक्त इजलासले मिसिल खोल्यो । अर्को पेसी हेर्न नमिल्ने इजलासमा राख्न आदेश भयो । न्यायाधीशहरू सुनिलकुमार पोखरेल, अब्दुल अजिज मुसलमान, हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले लामिछानेको मुद्दा हेर्न नमिल्ने भएकाले तीबाहेकका न्यायाधीशकोमा पेसी पर्नेगरी गोला तान्न व्यवस्था सर्वोच्च प्रशासनले मिलायो ।
उक्त बन्दीप्रत्यक्षीकरण रिटसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।
तीनवटै रिटमाथि सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकियो । तर पुनः छैटौँ पटक पनि पेसी हेर्न नमिल्ने भयो ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, अधिवक्त दिपेन्द्र झा, बद्री राउत, पुष्पराज पाण्डेयलगायत अधिवक्ताहरूको नाममा मुद्दा लड्न वकालतनामा अदालतमा पेस भएको थियो । सोमबार प्रधानन्यायाधीश राउत र पाण्डेयले सुनुवाइ सुरु गर्नका लागि मिसिल हेरे । तर केही समयमै उक्त मुद्दा हेर्न नमिल्ने प्रधानन्यायाधीश राउतले इजलाससमक्ष बताए ।
‘हिजो हेर्न नमिल्नेमा नपर्ने गरी पेसी तोक्न आदेश भएको थियो । फेरि हेर्न नमिल्नेमा कसरी पर्यो ?’ वरिष्ठ अधिवक्ता पन्तले सोधे । प्रधानन्यायाधीश राउतले हेर्न नमिल्नेबारे छोटकरीमा प्रस्ट्याए ।
वरिष्ठ अधिवक्ता पन्तले पुनः भोलि फेरि हेर्न नमिल्नेमा पर्ने शङ्का गर्दै प्रश्न गरे । न्यायाधीश पाण्डेयले आज पनि वकालतनामा हेरेपछि बल्ल हेर्न नमिल्ने भएको थाहा भएको जानकारी दिए । सामान्य सवालजवाफपछि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्ने भयो ।
आइतबार हेर्न नमिल्नेमा नपर्ने गरी आदेश भए पनि सोमबार पुनः हेर्न नमिल्ने हुनुको कारण भने लामिछानेको तर्फबाट बहस गर्न वकालतनामा राखिएका दुई वटा वकिलहरू बद्री राउत र पुष्पराज पाण्डेयका कारण भएको हो । उनीहरूमध्ये राउत प्रधानन्यायाधीश र पाण्डेय अर्का न्यायाधीश पाण्डेयको नातेदार परेकाले आज पनि उक्त मुद्दा हेर्न नमिल्नेमा गएको हो ।
लामिछानेको तर्फबाट पेसी तोकिनुअघि नै ती दुई अधिवक्तासहितका वकिलको नाम पेस गरेर सर्वोच्चमा वकालतनामा पेस भैसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण