अदालत
लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा
बिहीबार, ०८ जेठ २०८२, १७ : २५
_c2bi60uxuc_1zcia5r1tu_dGiuPjSYqs.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि मङ्गलवारदेखि सुनुवाइ जारी छ ।
बुधबार न्यायाधीश सुवेदीकाे संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।
त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । सरकारी वकिलकाे बहस सकिएकाले शुक्रबार पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आवासीय क्षेत्रमा प्लेन खस्यो, १० वटा घरमा क्षति
-
द्वन्द्वपीडितको कार्यक्रममा लफडा, बिचबाटै किन बाहिरिए पूर्व प्रधानमन्त्री भट्टराई ? (भिडिओ)
-
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
-
छविलाल जोशीका वकिलहरूले भने, ‘उहाँलाई फसाइयो’
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो