करिब ८ सय ९० किलो गाँजासहित किशोर पक्राउ
शनिबार, १० जेठ २०८२, १९ : ५६
धनकुटा । साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थान सहित सोही गाउँपालिका-२ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण