अपराध
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
शनिबार, १० जेठ २०८२, २० : ५६
काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको छ । ९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ ।
आरोपीमाथि अनुसन्धान भइरहेको एसएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण