आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
रास्वपा बैठक

रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत

आइतबार, ११ जेठ २०८२, २१ : २५
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ।
  • प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले पार्टीमा 'एक पद, एक व्यक्ति' हुनुपर्ने भन्दै राजीनामा दिएकी थिइन्।
  • शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई बताए । 

प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले पार्टीमा ’एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यस्तै शाहले नेतृत्व विकासमा पार्टीले प्राथमिकता नदिएको भन्दै राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप