क्यानडामा अनियन्त्रित बन्यो जङ्गलमा लागेको आगो, आपत्काल लागू
ओट्टावा । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन अवस्था लागू गरेको छ । सेना पनि बोलाइएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सेना पठाउन अनुमति दिएका छन् । राज्यको इतिहासमा सबैभन्दा ठुलो निकासी अभियान चलाइएको मनिटोबाका प्रिमियर वेब किन्युले भनेका छन् । आगलागीका कारण करिब १७ हजार मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइएको छ ।
सेनालाई मद्दतको लागि बोलाइएको किन्युले भनेका छन् । मिडिया रिपोर्टका अनुसार मनिटोबाको फ्लिन फ्लोन शहरको जङ्गलमा लागेको आगो धेरै खतरनाक बनेको छ, जसका कारण शहरका करिब पाँच हजार मानिसहरूलाई शहर छोड्न निर्देशन दिइएको छ । आगो निकै छिटो दन्किरहेको र सबै मानिसहरूलाई मध्यरातसम्म शहर छोड्न आदेश दिइएको शहरका मेयरले भने । मनिटोबाको सास्काचेवान क्षेत्रमा पनि ठुलो आगलागी भएको र यो तीव्र गतिमा बढिरहेको बताइएको छ । आगलागीका कारण सास्काचेवानमा १ हजार २०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।
मनिटोबाको जङ्गलमा २२ वटा डढेलो लागेका छन् । अधिकारीहरूले क्यानडाभरिका अग्नि नियन्त्रक विभागहरूले आगो निभाउन मद्दत गरिरहेको बताएका छन् । आइतबार आगो निभाउने क्रममा एक अग्निनियन्त्रक गम्भीर घाइते भएका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा मनिटोबामा १०२ वटा आगलागीका घटनाहरू भएका छन् । यो औसतभन्दा धेरै बढी भएको बताइएको छ क्यानडाका वनमा डढेलोको मौसम मे देखि सेप्टेम्बरसम्म चल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण