क्यानडामा अनियन्त्रित बन्यो जङ्गलमा लागेको आगो, आपत्काल लागू

ओट्टावा । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन अवस्था लागू गरेको छ । सेना पनि बोलाइएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सेना पठाउन अनुमति दिएका छन् । राज्यको इतिहासमा सबैभन्दा ठुलो निकासी अभियान चलाइएको मनिटोबाका प्रिमियर वेब किन्युले भनेका छन् । आगलागीका कारण करिब १७ हजार मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइएको छ ।
सेनालाई मद्दतको लागि बोलाइएको किन्युले भनेका छन् । मिडिया रिपोर्टका अनुसार मनिटोबाको फ्लिन फ्लोन शहरको जङ्गलमा लागेको आगो धेरै खतरनाक बनेको छ, जसका कारण शहरका करिब पाँच हजार मानिसहरूलाई शहर छोड्न निर्देशन दिइएको छ । आगो निकै छिटो दन्किरहेको र सबै मानिसहरूलाई मध्यरातसम्म शहर छोड्न आदेश दिइएको शहरका मेयरले भने । मनिटोबाको सास्काचेवान क्षेत्रमा पनि ठुलो आगलागी भएको र यो तीव्र गतिमा बढिरहेको बताइएको छ । आगलागीका कारण सास्काचेवानमा १ हजार २०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।
मनिटोबाको जङ्गलमा २२ वटा डढेलो लागेका छन् । अधिकारीहरूले क्यानडाभरिका अग्नि नियन्त्रक विभागहरूले आगो निभाउन मद्दत गरिरहेको बताएका छन् । आइतबार आगो निभाउने क्रममा एक अग्निनियन्त्रक गम्भीर घाइते भएका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा मनिटोबामा १०२ वटा आगलागीका घटनाहरू भएका छन् । यो औसतभन्दा धेरै बढी भएको बताइएको छ क्यानडाका वनमा डढेलोको मौसम मे देखि सेप्टेम्बरसम्म चल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च