काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ।
_jUgZXW67MH.jpg)
निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।
_wgnw1ajdwi.jpg)
यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण राइड सेयरिङमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन्। उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन्।
_8Ioqujf8Et.jpg)
राइडरहरूले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरूलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।
_YULKwDDzSy.jpg)
_muv07ulu0e.jpg)
_g99Ybvsyzc.jpg)
_Ih4yw2uS12.jpg)
_05pMPiqLg9.jpg)
_RrV8pWh9Gv.jpg)
_RQx6l9Iv6h.jpg)
_67oyuf8nJV.jpg)
_eBm33Pugdc.jpg)
_gjkI0SpP71.jpg)
_X0vHt4F68b.jpg)
_B9LQeIsYaZ.jpg)
_ChUB6PGlFr.jpg)
_1GcEOQRNwG.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया