बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
राइड सेयरिङको विरोधमा बन्द, राइड सेयरिङ नै मालामाल
फोटोफिचर

राइड सेयरिङको विरोधमा बन्द, राइड सेयरिङ नै मालामाल

सोमबार, १९ जेठ २०८२

काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ।

ride sharing (1)

निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

ride sharing (2)

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण राइड सेयरिङमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन्। उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन्।

ride sharing (3)

राइडरहरूले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरूलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय  वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।

ride sharing (4)ride sharing (5)ride sharing (6)ride sharing (7)ride sharing (8)ride sharing (9)ride sharing (10)ride sharing (11)ride sharing (12)ride sharing (13)ride sharing (14)ride sharing (15)ride sharing (16)ride sharing (17)

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया