स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
सारांश
- स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौँदेखि जमेको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।
- परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ।
- पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी र दक्ष कालिगडहरूले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन्।
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौँदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।
महाचैत्यको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्ने उद्देश्यले सफाइ तथा जीर्णोद्धार अभियान सञ्चालन गरिएको हो। परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ। बर्सेनि यसरी चुना थपिँदै जाँदा गुम्बजमा बाक्लो तह जम्ने भएकाले निश्चित अवधिपछि पुरानो तह हटाउने गरिन्छ।
हाल गुम्बजमा जमेको चुनाको तह १३ देखि १५ इन्चसम्म पुगेको पाइएको छ। अत्यधिक मात्रामा चुना जम्दा संरचनामा अतिरिक्त भार पर्नुका साथै महाचैत्यको मौलिक आकार, गोलाइ र पुरातात्त्विक स्वरूपसमेत ओझेलमा पर्ने जोखिम रहने बताइएको छ।

यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा गुम्बजमा जमेको चुनाको तह २२ देखि ३० इन्चसम्म पुगेको पाइएको थियो। त्यसयता पनि नियमित रूपमा चुना पोतिँदै आएकाले पुनः बाक्लो तह बनेको हो।
पुरातत्त्व विभागको अनुमति तथा प्राविधिक निगरानीमा स्वयम्भू व्यवस्थापन समितिका कर्मचारी र दक्ष कालिगडहरूले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेका छन्। सफाइका क्रममा मूल संरचनामा कुनै क्षति नपुग्ने गरी विशेष सतर्कता अपनाइएको जनाइएको छ।

करिब एक महिनाभित्र सफाइ कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ। सफाइपछि महाचैत्य आफ्नो मौलिक पुरातात्त्विक स्वरूप र प्राचीन सौन्दर्यसहित पुनः देखिने विश्वास गरिएको छ।
काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासँग गहिरो सम्बन्ध रहेको स्वयम्भू महाचैत्यको संरक्षण अभियानलाई स्थानीय समुदाय, बौद्ध भिक्षु, सम्पदाविद् तथा सम्पदा प्रेमीहरूले चासोका साथ हेरिरहेका छन्। संरक्षणविद्हरूले यस अभियानलाई विश्व सम्पदा क्षेत्रको मौलिकता जोगाउने महत्त्वपूर्ण प्रयासका रूपमा लिएका छन्। तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







_tCqs1vFssa.jpg)





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण