बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीबाट ३१ पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
कच्ची र पक्की गरी कम्तीमा ३१ पसल पूर्ण रूपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) इकपाल हवारीले बताए ।
अहिले आगलागी नियन्त्रणमा आइसकेको भएपनि थप पसलहरू जलेको हुन सक्ने प्रहरीको अनुमान छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेको प्रहरीले जनाएको छ।
‘कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्याङ्क आउन बाँकी छ,’ डीएसपी हवारीले भने, ‘तर क्षति ठुलो भएको प्रारम्भिक अनुमान छ।’
आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र अन्य सुरक्षाकर्मी खटिएका थिए। आगलागीपछि प्रभावित भएकाहरू खुला आकाशमुनि रहेका छन् ।
आगलागीबाट ठुलो धनमालको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भएको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव