बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीबाट ३१ पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
कच्ची र पक्की गरी कम्तीमा ३१ पसल पूर्ण रूपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) इकपाल हवारीले बताए ।
अहिले आगलागी नियन्त्रणमा आइसकेको भएपनि थप पसलहरू जलेको हुन सक्ने प्रहरीको अनुमान छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेको प्रहरीले जनाएको छ।
‘कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्याङ्क आउन बाँकी छ,’ डीएसपी हवारीले भने, ‘तर क्षति ठुलो भएको प्रारम्भिक अनुमान छ।’
आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र अन्य सुरक्षाकर्मी खटिएका थिए। आगलागीपछि प्रभावित भएकाहरू खुला आकाशमुनि रहेका छन् ।
आगलागीबाट ठुलो धनमालको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भएको हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण