नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
सारांश
- सिख समुदायबाट पहिलो पटक करण सिंह नेपाली सेनामा दीक्षित भए।
- उनले अछामको गोरखबक्स गणबाट तालिम लिएर कपिलवस्तुको शमशेर दल गणमा सेवा गर्नेछन्।
- सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसारका सुविधा पाउनेछन्, जसमा दाह्री काट्नुपर्ने र फेटा हटाउनुपर्ने छैन।
काठमाडौँ । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् ।
उनी सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । सिंह कपिलवस्तुको गोरुसिङ्गे स्थित शमशेर दल गणमा आबद्ध भएका छन् । उनको धर्म र आस्थालाई सम्मान गर्नेगरी सैनिक आचार संहिता व्यवस्थापन गरिएको सहायकथरी बस्नेतले जानकारी दिए ।
सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसार सुविधा पाउँछन् । अन्य सैनिकले जस्तो दाह्री काट्नुपर्ने र आफ्नो धर्म अनुसारको फेटा हटाउनुपर्ने नियम उनलाई लागू हुनेछैन । एक जना सैनिक अधिकृत भन्छन्, ‘उसको धर्म अनुसारको सुविधा उसलाई दिइन्छ ।’
करण बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
-
बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण