आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह

आइतबार, २५ जेठ २०८२, १० : ४४
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • सिख समुदायबाट पहिलो पटक करण सिंह नेपाली सेनामा दीक्षित भए।
  • उनले अछामको गोरखबक्स गणबाट तालिम लिएर कपिलवस्तुको शमशेर दल गणमा सेवा गर्नेछन्।
  • सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसारका सुविधा पाउनेछन्, जसमा दाह्री काट्नुपर्ने र फेटा हटाउनुपर्ने छैन।

काठमाडौँ । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् ।

उनी सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । सिंह कपिलवस्तुको गोरुसिङ्गे स्थित शमशेर दल गणमा आबद्ध भएका छन् । उनको धर्म र आस्थालाई सम्मान गर्नेगरी सैनिक आचार संहिता व्यवस्थापन गरिएको सहायकथरी बस्नेतले जानकारी दिए ।

सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसार सुविधा पाउँछन् ।  अन्य सैनिकले जस्तो दाह्री काट्नुपर्ने र आफ्नो धर्म अनुसारको  फेटा हटाउनुपर्ने नियम उनलाई लागू हुनेछैन । एक जना सैनिक अधिकृत भन्छन्, ‘उसको धर्म अनुसारको सुविधा उसलाई दिइन्छ ।’

करण बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप