आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड

आइतबार, २५ जेठ २०८२, १८ : १४
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भएको बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन् । 

उनले निकास निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे । उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।  

भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने विषयमा दलहरूबिच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप