संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड
आइतबार, २५ जेठ २०८२, १८ : १४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भएको बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन् ।
उनले निकास निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे । उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने विषयमा दलहरूबिच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण