अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो सरकारका आर्थिक समृद्धिका कार्यक्रम वर्तमान सरकारले हटाएको आरोप लगाए।
- उनले आर्थिक विकास र पिछडिएका वर्ग लक्षित कार्यक्रम बजेटबाट हटाइएको बताए।
- प्रचण्डले रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा बोल्दै समाजवादको आधार निर्माण गर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् ।
समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । प्रचण्डले अहिले देशको राजनीतिमा उतार चढाव देखिएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण