अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड

समाचार सारांश
- पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो सरकारका आर्थिक समृद्धिका कार्यक्रम वर्तमान सरकारले हटाएको आरोप लगाए।
- उनले आर्थिक विकास र पिछडिएका वर्ग लक्षित कार्यक्रम बजेटबाट हटाइएको बताए।
- प्रचण्डले रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा बोल्दै समाजवादको आधार निर्माण गर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् ।
समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । प्रचण्डले अहिले देशको राजनीतिमा उतार चढाव देखिएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासिक टेकको डिलर पार्टनर बन्ने सुनौलो अवसर – बिना लगानी, फोनमै आम्दानी !
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र
-
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज
-
सङ्घीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयकाे तयारी