त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी फर्किएनन्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा लिएर नफर्किएको पाइएको छ । अध्ययन बिदा बसेर नफर्कने शिक्षक/कर्मचारीहरूको खोज समितिले गरेको अध्ययनका क्रममा १८७ जना नफर्किएको पाइएको हो ।
समन्वय महाशाखा प्रमुख एवं समितिका सदस्य सचिव दिपक तिवारीले २३१ जनाले अध्ययन बिदा लिएर अध्ययन गरेको तर, उत्तीर्ण प्रमाणपत्र पेस नगरेको बताए । अध्ययन समितिले तयार पारेको प्रतिवेदन आज त्रिवि पदाधिकारीलाई बुझाएको छ । प्रतिवेदनअनुसार १८७ जना नफर्केका र २१३ जना उत्तीर्ण प्रमाणपत्र पेस नगरेका शिक्षक/कर्मचारीहरूको सङ्ख्या रहेको जनाइएको छ ।
त्रिवि पदाधिकारीहरूले यथाशीघ्र पुन प्रमाणीकरण गर्न र थप छानबिन गर्न सोही समितिलाई जिम्मा दिएका छन् । अध्ययन बिदा लिएर लामो समयदेखि विश्वविद्यालयमा नफर्किने गरेको पाइएको थियो । उक्त विषयमा छानबिन गर्न त्रिविले डाक्टर जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समिति सदस्यमा कृष्णहरि आचार्य सदस्य सचिवमा तिवारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण