शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी फर्किएनन्

शुक्रबार, ३० जेठ २०८२, १५ : ४५
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा लिएर नफर्किएको पाइएको छ । अध्ययन बिदा बसेर नफर्कने शिक्षक/कर्मचारीहरूको खोज समितिले गरेको अध्ययनका क्रममा १८७ जना नफर्किएको पाइएको हो ।  

समन्वय महाशाखा प्रमुख एवं समितिका सदस्य सचिव दिपक तिवारीले २३१ जनाले अध्ययन बिदा लिएर अध्ययन गरेको तर, उत्तीर्ण प्रमाणपत्र पेस नगरेको बताए । अध्ययन समितिले तयार पारेको प्रतिवेदन आज त्रिवि पदाधिकारीलाई बुझाएको छ । प्रतिवेदनअनुसार १८७ जना नफर्केका र २१३ जना उत्तीर्ण प्रमाणपत्र पेस नगरेका शिक्षक/कर्मचारीहरूको सङ्ख्या रहेको जनाइएको छ ।  

त्रिवि पदाधिकारीहरूले यथाशीघ्र पुन प्रमाणीकरण गर्न र थप छानबिन गर्न सोही समितिलाई जिम्मा दिएका छन् । अध्ययन बिदा लिएर लामो समयदेखि विश्वविद्यालयमा नफर्किने गरेको पाइएको थियो । उक्त विषयमा छानबिन गर्न त्रिविले डाक्टर जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो । 

समिति सदस्यमा कृष्णहरि आचार्य सदस्य सचिवमा तिवारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप