आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग

आइतबार, ०१ असार २०८२, १३ : १०
आइतबार, ०१ असार २०८२

सारांश

  • पाँचथरको हेवाखोलामा निर्माणाधीन पुल भत्किँदा ३ जनाको मृत्यु, सांसद योगेश भट्टराईद्वारा तत्काल पुल बनाउन माग।
  • मृत्यु हुनेमा सिमरा उपमहानगरपालिकाका व्यक्तिहरू, घाइतेको उपचार जारी, सांसदद्वारा मृतक परिवारलाई राहतको माग।
  • पुल भत्किँदा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीमा समस्या, आवागमन सुचारु गर्न र बाढीपहिरोको क्षति न्यूनीकरणका लागि सांसदको सरकारसँग माग।

काठमाडौँ । प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गरेका छन् । उक्त स्थानमा निर्माणाधीन पुल भत्किँदा शनिबार तीन जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन् । उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको छ ।  

योगेशले बेलिब्रिज भाँचिँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत र घाइतेको उपचार गर्न माग गरेका छन् । साथै, पुल नहुँदा सो क्षेत्रमा दैनिक उपभोग्य र निर्माणाधीन सामाग्रीको ढुवानी गर्न र आवागमनमा समस्या भइरहेको भन्दै यसलाई तत्काल आवागमन सुचारु हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । योगेशले यसपटक फेरि मनसुनको सिजन सुरु भएको भन्दै यो बेलामा आउन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरणका लागि सरकारसँग माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप