मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सेती नदीमा अज्ञात पुरूषको शव फेला

सोमबार, ०२ असार २०८२, १९ : १५
सोमबार, ०२ असार २०८२

धनगढी । डोटीको के‍.आई.सिंह गाउँपालिका वडा नम्बर ३ स्थित सेती नदी किनारमा सड्न लागेको पुरूषको शव फेला परेको छ। शवको पहिचान भएको छैन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माका अनुसार आइतबार दिउँसो बाख्रा चराउन गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शव फेला पर्नासाथ मृतकको हुलिया सार्वजनिक गरी देशभर सूचना पठाइएको भए पनि अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप