आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा

मङ्गलबार, ०३ असार २०८२, १३ : ५८
मङ्गलबार, ०३ असार २०८२

सारांश

  • उदयपुरकी रेबिका खत्री राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ८० दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
  • घाइते खत्री बीबीएस तेस्रो वर्षकी विद्यार्थी हुन्, उनलाई कोटेश्वरमा गोली लागेको थियो।
  • अस्पतालको बिल सरकारले तिरे पनि अन्य उपचार खर्च करिब ९ लाख भुक्तान हुन बाँकी रहेको छ।

काठमाडौँ । चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० औँ दिनमा डिस्चार्ज भएकी छन् । रेबिकालाई सोमबार साँझ टिचिङ शिक्षण अस्पतालले डिस्चार्ज गरेको उनकी दिदी अनिताले जानकारी दिइन् ।

तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा पढिरहेकी रेबिकालाई कोटेश्वरस्थित भाटभटेनी विपरीत बाटोमा प्रहरीले चलाएको गोली लागेको थियो । उनलाई सोही दिन बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । सिभिलले गत जेठ ११ गते टिचिङमा रेफर गरेको थियो ।

रेबिकालाई अस्पतालले डिस्चार्ज गरेकोमा अझैं हिँड्न भने नसक्ने र बेड रेस्टमै रहेको दिदी अनिताले जानकारी दिइन् । उनकाअनुसार अस्पतालको बिल सरकारले ब्यहोरेकोमा उपचारका क्रममा भएको अन्य खर्च भने राज्यले अझैं भुक्तान गरेको छैन । ’अस्पतालको बिल सरकारले ब्यहोर्ने भयो । अन्य खर्च करिब ९ लाख भन्दा बढी भएकोमा त्यो भुक्तान भएको छैन,’ उनले भनिन् ।

प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजीपी) दिनेश आचार्यले भाटभटेनीमा ठूलो लुटपाटको घटना भएको र प्रदर्शनकारीले नजिकै रहेको गाडी जलाउन थालेपछि त्यसलाई रोक्न प्रहरीले चलाएको गोली रेबिका र उनका दाइ दिनेशलाई लागेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप