बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
_b5NbgDUjX6.jpg)
समाचार सारांश
- बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी बनाउने घोषणा गरेको छ, जसले स्थानीय पर्यटन र आर्थिक विकासमा सघाउ पुर्याउने लक्ष्य राखेको छ।
- फिल्म सिटी निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ, यसअघि संघीय सरकारले पनि यसको पहल गरेको थियो र प्राविधिक अध्ययन समेत गरिएको थियो।
- डाङडुङे डाँडामा बन्ने फिल्म सिटीले फिल्म उद्योगको भविष्य, दोलखाको आर्थिक र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
मकवानपुर । बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेटमार्फत डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको हो ।
प्रदेशभित्रको मौलिकता एवम् सांस्कृतिक विविधता झल्काउने चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्न सरकारले बजेटको व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
डाङडुङे डाँडामा अन्तर्राष्ट्रियकरण चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि यस अघि नै संघ सरकारले पहल गरेको थियो । सङ्घीय सरकारको बजेट मार्फत थालिएको उक्त पहलसंगै प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार गरिएको थियो ।
भीमेश्वर नगरपालिका–९ मा अवस्थित डाङडुङे डाँडा समुन्द्री सतहदेखि २ हजार ९०० मिटरदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । सफा आकाश, हिमालको काख, हरियाली जंगल, अनि टाढाटाढासम्म देखिने धवल पर्वतशृंखला... डाङडुङे डाँडाबाट देखिने पर्यावरण हो ।
छिनभरमा नै फेरिने मौसम, बादलले ढाकेका थुम्का, चौँरी चरण अनि हरियाली वातावरण डाङडुङे डाँडाको पहिचान हो । त्यसो त डाङडुङे डाँडामा चदै गरेका चौरीका घाटीमा बाँधिएका घण्टीका आवाजले सो क्षेत्रको वातावरणलाई थप रोचक बनाउँछ । डाङडुङे डाँडामा उभिँदा प्रकृतिले चलचित्रको पर्दा खोलेजस्तो लाग्छ ।
उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ ।
काठमाडौंबाट ११८ किलोमिटर पूर्व, दोलखा सदरमुकाम चरिकोटबाट केही घण्टाको यात्रामा अवस्थित डाङडुङे डाँडा सेतीदेवी सामुदायिक वन क्षेत्रमा पर्दछ । त्यहाबाट देखिने दृश्यहरूले चलचित्र सुटिङ मात्र होइन, पर्यटकको मन जित्न पनि सक्षम छ । सो क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमश्रृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भू–भागहरू दृश्यावलोकन गर्न सकिन्छ । जसले फिल्म सुटिङलाई नै एक महाकाव्यिक अनुभव बनाउनेछ ।
उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ ।
बागमती सरकारद्वारा बजेट विनियोजन गरेर आगामी आर्थिक वर्षमा संरचनाहरूको वकासमा अघि बढ्ने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुनदराज काफ्लेले जानकारी दिए ।
तत्कालीन समयमा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, ७६.२५ हेक्टर क्षेत्रमा बन्ने चलचित्र नगरीको लागि ३२ करोड रुपैयाँ लगानीमा भौतिक पूर्वाधार निर्माण र ७४ करोड ३७ लाख प्राविधिक र सुधारात्मक संरचनामा खर्च अनुमान रहेको थियो । हाल सो दर र प्रतिवेदनमा केही परिवर्तन गरेर संरचना निर्माणमा अघि बढ्ने सरकारको तयारी रहेको उनले बताए ।
सो क्षत्रेमा फिल्म सिटी निर्माण पश्चात निर्माण लागत मात्रै होइन, यसको प्रभाव झनै ठुलो हुनेछ उनले बताए । रोजगारी, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक उत्थानले दोलखा सहित आसपासका जिल्लाका नागरिकको जीवन स्तरमा सुधार हुने उनले बताए । डाङडुङे डाँडाको फिल्म सिटीले नेपाली फिल्म उद्योगको भविष्य, पर्यटनको पाटो, र ग्रामीण विकासको एउटा नमुना उनको विश्वास छ ।
२०६८ बाट सो स्थानमा फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन नेपाल सरकारले थालेको उक्त प्रक्रियामा २०७०/०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ मा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ भित्र निर्माण सुरु गर्ने तयारी थियो । तर, राजनीतिक अस्थिरता, सत्ता परिवर्तन, कार्यान्वयन प्रक्रियाको फितलोपनले सो योजना अघि बढ्न सकेन ।
फिल्म सिटी निर्माण पछिका सम्भावना ?
- अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य
- सांस्कृतिक कार्यक्रम, फिल्म महोत्सवको हव
- ट्रेकिङ, एड्भेन्चर, इको–टुरिज्मको केन्द्र
- रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत
- पर्यटन आम्दानी र पूर्वाधार विकास
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
-
उद्योगमन्त्री चौधरीको राजीनामाबारे मुख्यमन्त्री शाह भन्छन् – हामी छलफलमै छौँ
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?