बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक

शुक्रबार, ०६ असार २०८२, १९ : २७
शुक्रबार, ०६ असार २०८२

काठमाडौँ । एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ ।उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । 

गीतमा मेलिना राईले आवाज दिएकी छन् । गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ । गीतमा बसन्त सापकोटाले सङ्गीत भरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 

भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ ।  गीतको एरेन्जर उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाईलीले गरेका छन् । 

गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप