बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शन

आइतबार, ०८ असार २०८२, २० : ५०
आइतबार, ०८ असार २०८२

काठमाडौँ । नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को सुर्खेतमा आइतबार विशेष प्रदर्शन गरिएको छ । 

लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेशका ऊर्जा मन्त्री विजया बुढा,वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिति थियो ।

चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। नगर प्रमुख ढकालले सतीदेवी हेरेपछि मन गह्रौँ भएको बताइन् । उनले महिलाको सङ्घर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना,सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भएको बताइन् । 

ढकालले फिल्मको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव पनि दिइन् । निर्देशक लक्ष्मण सुवेदीले फिल्मपछि प्रतिक्रिया दिँदै भने,“म आफैँ कर्णालीको हुँ, आफ्नै ठाउँमा आफ्ना दर्शकसँग बसेर फिल्म हेर्दा त्यो आत्मीयता अधिक थियो। आगामी प्रोजेक्ट यही प्रदेशमा छायाङ्कन गर्न चाहन्छु।"

कार्यक्रममा ‘कर्णाली नारी सम्मान २०८२’ समेत प्रदान गरिएकाे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप