बागमती र धोबीखोलाको जलस्तर सतर्कता तह पार, नदी किनारमा सावधानी अपनाउन आग्रह
आइतबार, ०८ असार २०८२, २३ : ५०
सारांश
- काठमाडौंको बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) मा पानीको सतह सतर्कता तह पार गरेको छ।
- जल तथा मौसम विज्ञान विभागका अनुसार पानीको सतह बढ्दो क्रममा रहेको र अझै बढ्न सक्ने सम्भावना छ।
- विभागले नदी किनारमा बस्ने वा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन र बाढीको जोखिमबाट बच्न आग्रह गरेको छ।
काठमाडौं। काठमाडौं जिल्लास्थित बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) पानीले सतर्कता तह नाघेको जलमापन केन्द्रले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार असार ८ गते राति ११ः३० बजे उक्त स्थानहरूमा जलस्तर बढ्दो क्रममा रहेको र अझै पानी बढ्न सक्ने भएकाले नदी किनारमा यात्रा गर्ने वा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले थप वर्षा हुने सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक रहन अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण