नवराज बोहोराद्वारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट
सोमबार, ०९ असार २०८२, १० : १३
सारांश
- सुर्खेतबाट पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहोराले प्रचण्डसँग भेट गरे।
- बोहोराले वातावरण संरक्षण, कर्णालीको विकास र भ्रष्टाचारविरुद्धको अभियानबारे जानकारी गराए।
- प्रचण्डले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता जनाउँदै निरन्तरताको शुभकामना दिए।
काठमाडौँ । सुर्खेतदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहोराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।
वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेका बोहोराले सोमबार बिहान प्रचण्डसँग भेट गरेका हुन् ।
सो क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारेका थिए। यस्तै प्रचण्डले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण