जयदीप अहलावतले किन गरेनन् रणवीर कपूरको रामायण ?
सारांश
- निर्माता नितेश तिवारीको फिल्म रामायणमा रणवीर कपूर रामको भूमिकामा, साई पल्लवी सीताको भूमिकामा र यश रावणको भूमिकामा देखिनेछन्।
- जयदीप अहलावतले रावणको भाइ विभीषणको भूमिका अस्वीकार गरे, समय अभाव र अन्य कलाकारसँगको दृश्य खिच्न नसक्ने कारण बताए।
- रामायण दुई भागमा बन्ने, पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ मा रिलिज हुनेछ, जसमा ठूला कलाकारहरूको समूह हुनेछ।
नयाँ दिल्ली । फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित फिल्म रामायणलाई सबै दर्शक उत्सुकताका साथ पर्खिरहेका छन् । यस फिल्ममा बलिउड सुपरस्टार रणवीर कपूर भगवान् रामको भूमिका निर्वाह गर्दैछन् भने दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा छिन् ।
यो फिल्ममा बलिउड अभिनेता जयदीप अहलावत पनि देखिने चर्चा थियो । तर उनले यो फिल्ममा खेल्न मानेनन् । यसैबिच जयदीपले आफ्नो फिल्ममा आफ्नो चरित्र र अस्वीकृतिबारे खुलेर कुरा गरेका छन् ।
रावणको भूमिका निर्वाह गर्ने अभिनेतासँग फिल्मको दृश्य खिच्नु पर्ने तर समय नमिल्दा आफूले उक्त भूमिका गर्न नसकेको द लल्लान्टपलाई दिएको अन्तरवार्तामा जयदीपले भने । यो भूमिकाका लागि जयदिपले धेरै समय दिनु पर्ने भएको तर उनीसँग समयको अभाव भएकोले आफूले रामायण फिल्म अस्वीकार गरेको पनि जयदीपले भने ।
फिल्ममा आफ्नो पात्रको भूमिका छायाङ्कन गर्न विशेष समय चाहिन्थ्यो । फिल्ममा जयदीपलाई रावणको भाइ विभीषणको भूमिकाको अफर दिइएको थियो । फिल्ममा यी दुई पात्रको कयौँ दृश्य सँगै खिच्नु पर्थ्यो ।
मकरहरूले आफ्नो समय भन्दा धेरै महत्त्व रावणको भूमिका निर्वाह गर्न लागेको अभिनेतालाई दिने कुरा जयदीपले बुझेका थिए । रावणको भूमिका दक्षिण भारतीय अभिनेता यशले निर्वाह गर्न लागेको कुरा पनि उनले बताए ।
दुई भागमा बन्दै छ फिल्म
रामायण दुई भागमा बनिरहेको छ । फिल्मको पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ मा आउनेछ । नमित मल्होत्राद्वारा निर्मित यो फिल्म भव्य स्केल र मेगा स्टारकास्ट बन्दै छ । फिल्ममा भारतीय सिनेमाका केही ठुला नामहरू समावेश छन् ।
रणवीर, साई पल्लवी र यश फिल्ममा मुख्य भूमिकामा छन् । फिल्ममा मन्दोदरीको भूमिका सिंघम फेम अभिनेत्री काजल अग्रवाललाई देख्न पाइनेछ । रवि दुबेलाई लक्ष्मण, लारा दत्तालाई कैकायी, रकुल प्रीत सिंहलाई शूर्पणखा, अरुण गोविललाई राजा दशरथ र सनी देओललाई हनुमानको भूमिकामा देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण