शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

३६ हजार वैदेशिक रोजगार ठगीका घटनामा अनुसन्धान गर्न संरचना विस्तार गरिँदै

मङ्गलबार, १० असार २०८२, १३ : ०४
मङ्गलबार, १० असार २०८२

सारांश

  • श्रम मन्त्रालयले वैदेशिक रोजगार ठगीका घटनाको अनुसन्धान ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गर्ने गरी संरचना विस्तार गर्ने भएको छ।
  • मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीका मुद्दा सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाइने बताए, जसमा जिल्ला प्रशासनलाई थप जिम्मेवारी दिइनेछ।
  • मन्त्रीका अनुसार, वैदेशिक रोजगारीमा नेपालीहरू '३-डी' (डेथ, डिबेट, डिजिटल) ट्र्यापमा परेको महसुस गर्दै, ठगी नियन्त्रणका लागि कडा कारबाही गरिनेछ।

काठमाडौँ । वैदेशिक रोजगारमा हुने ठगीका घटनामा अनुसन्धान गर्न संरचनागत विस्तार गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमार्फत हुँदै आएका ठगीका घटनाको अनुसन्धान ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट समेत अनुसन्धान गर्नका लागि संरचनागत विस्तार गर्न लागेको हो । 

प्रतिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारका लागि व्यक्तिगत ठगीका विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने बताए । करिब ३६ हजार यस्ता ठगीका मुद्दाहरूलाई सम्बोधन गर्न संस्थागत संरचनामा विस्तार गरी जिल्ला प्रशासन कार्यालयहरूलाई थप जिम्मेवारी दिने कार्य अघि बढाएको उनको भनाई छ । यो कार्यमा सांसदहरूको साथ र सहयोगको अपेक्षा रहेको बताए । 

वैदेशिक रोजगारीमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको उनको भनाए छ । यसबाट नेपालीहरू ‘३–डी’ अर्थात् डेथ ट्र्याप, डिबेट ट्र्याप र डिजिटल ट्रयपमा परेको मन्त्रालयले महसुस गरेको छ । ठगीसम्बन्धी सूचना कुनै पनि माध्यमबाट प्राप्त भएको वा अनुगमन संयन्त्रमा देखिएको खण्डमा सरकारका संयन्त्रहरूले कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप