शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सेयर बजार ‘स्थिर’, कारोबार रकम निरन्तर घट्दै

मङ्गलबार, १० असार २०८२, १५ : ५०
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा स्थिर देखिएको छ । आज नेप्से परिसूचक ०.२२ अङ्कको झिनो गिरावटसहित २६००.५३ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज बजारमा बिक्रीको चाप बढी देखिएको छ। दिनभरको कारोबारमा कुल २४९ कम्पनीका ३१६ स्क्रिपको सेयर किनबेच भएको छ । त्यसमध्ये  १०७ कम्पनीको मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार बजारमा कुल ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा कुल १ करोड ३८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

कारोबार रकम भने अघिल्लो साता उत्साहजनक रहेको कारोबार रकम घट्दै अहिले ५ अर्बको रेञ्जमा झरेको हो । बिहीबार उक्त रकम १० अर्ब माथि थियो । आइतबार ८ अर्ब ९४ करोड, सोमबार ६ अर्ब ३२ करोड कारोबार भएको बजारमा आज उक्त रकममा थप गिरावट आएको हो । 

बजारमा आज पाँच वटा समूहका सूचक बढ्दा हरू सूचक घटेको छ । बढेका र घटेका सबै सूचकमा झिनो घटबढ छ । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी शीर्ष स्थानमा रह्यो । 

कम्पनीको २७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। आज सबैभन्दा धेरै कमाउनेमा ओम गेगाश्री फर्मास्युटिकल्स रहेको छ । उक्त कम्पनीको मूल्य ८.१ प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनरको सेयर मूल्यमा ७.८७ प्रतिशतले बढेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप