निलम्बन फिर्ता भएसँगै बिन्दाको प्रशंसा गर्दै उषाकिरणले भनिन्– मज्जा लागेको छ
बिहीबार, १२ असार २०८२, १९ : २१
काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डेको प्रशंसा गरेकी छन् । तिम्सिनाले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पाण्डेको प्रशंसा गरेकी हुन् ।
तिम्सिनाले लेखेकी छन्,'बिन्दा दिदी जस्तै मानिसहरूका बिच उभिएर कुरा गर्न सक्ने (भाषण गर्न) हुन म राजनीतिमा लागेको थिएँ । आदरणीय बिन्दा दिदी तपाईँकै एजेण्डामा मिलेरसंगै स्पष्टीकरण खाने मेरो नेता हुन भएकोमा मज्जा लागेको छ । सबैमा अभिवादन र लालसलाम ।'
तिम्सिनाले राजनीतिले सिङ्गो मुलुकको व्यवस्था सम्पूर्ण रूपमा रूपान्तरण गर्नुपर्ने समेत बताइन् ।
पार्टी कार्यालय निर्माणको विषयलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरेपछि पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका उनीहरूको बुधबार मात्रै निलम्बन फुकुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण