एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई प्रचण्डले दिए बधाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि प्रचण्डले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना ! यसको लागि तपाईँहरूको मेहनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु ।'
उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष प्रचण्डले राष्ट्र निर्माण र समृद्धिका लागि विद्यार्थीहरूलाई प्रेरणा मिलोस् भन्दै उज्ज्वल भविष्यको शुभेच्छा समेत व्यक्त गरे ।
बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण