अनुगमन टोली आएपछि सटर लगाएर भाग्छन् व्यवसायी
भक्तपुर । मंगलबार दिउसोँ बजार अनुगमनको लागि एक टोली सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ कटुन्जेमा पुग्यो ।
जिल्ला प्रशासन भक्तपुरका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रको नेतृत्वमा गएको टोलीले नजिकै एउटा पसलमा अनुगमन गर्दै गर्दा नजिकै रहेको एक व्यवसायी सटरबन्द गरेर हिँडे ।
आरडी ग्याँस स्टोरमा अनुमगन टोलीले रहँदा नजिकै रहेको आरआर कोल्ड स्टोरका संचालक तुरुन्तै सटर तानेर हिडेँ ।
अनुगमन टोलीका प्रमुख मिश्रले प्रहरीलाई भित्र कोही भए सटर खोल्न लगाउनु वा सम्पर्क नम्बर लिनुभन्दा न कोही मानिस भित्र देखियो न नम्बर भेटियो ।
सल्लाघारी र कटुन्जे क्षेत्रमा रहेका किराना स्टोर, मिनी मार्ट, खाद्य स्टोर लयागत सातवटा पसलमा अनुगमन भएको छ ।
स्थानीय निकाय नगरपालिकामा दर्ता नभएको, आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
सबै व्यवसायीहरुले तौल गर्ने तराजुको नापतौल विभागबाट नविकरण नगरेको, मूल्य सूची नभएको भेटीएको छ ।
बजार अनुगमनमा पनि गल्ती कमी कमजारी भएका व्यवसायीहरुलाई कानुनी कारवही गर्नुको सट्टा चेतावनी दिएर मात्र दिएर छोड्ने काम हुने गरेको छ ।
आरडी ग्यास स्टोर, अर्जुन स्टोर, दिव्य ज्योती स्टोर, गणपति नास्ता तथा मिठाई, न्यु ग्याँस स्टोर, आ.विर एसर किरना स्टोर र शुभलक्ष्मी खाद्ययनन सप्लायर्समा अनुगमन गरेको हो । बजार अनुगमन टोलीले कानून बमोजिम दर्ता गर्न र अन्य आवश्यक प्रक्रिया ७ दिन सम्ममा पूरा गर्न निर्देशन दिएको छ ।
अनुगमन टोलीले म्याद गुज्रिएका विभिन्न कम्पनीका तेल, विस्कुट, घिउ, पेय पर्दाथ नष्ट गर्नको लागि नियन्त्रणमा लिइएको टोली प्रमुख मिश्रले बताए ।
अनुमगनमा टोलीमा जिल्ला प्रशासनका प्रनितिधि, सूर्यविनायक नगरपालिका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, र पत्रकारहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण