आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय समिति बैठक

पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा

शुक्रबार, २० असार २०८२, १५ : २३
शुक्रबार, २० असार २०८२

सारांश

  • रामहरि खतिवडाले पार्टीको निर्देशन भएमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छाड्ने बताए।
  • संघीय निजामती सेवा विधेयकमा फरक प्रावधान देखिएपछि खतिवडा विवादमा परेका हुन्।
  • एमाले र कांग्रेसका सांसदहरूले पनि खतिवडाको राजीनामा मागेका छन्।

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशनमा दिएमा आफूले सभापति पद छोड्ने बताएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् । 

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधान देखिएपछि सभापति खतिवडा विवादमा परेका छन् । 

समिति बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र उनकै पार्टी कांग्रेसका सांसदले समेत खतिवडाको राजीनामा मागेका छन् । 

संसदीय समितिबाट राजीनामा मागिएको विषय उठाउँदै खतिवडाले शुक्रबारको केन्द्रीय समिति बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्ने निर्देशन दियो भने म बाहिर बस्न तयार छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप